वीरपाडा: शिक्षक नियुक्ति भ्रष्टाचार विरुद्ध भाजपाको १८ नम्बर युवा मोर्चा बुधबार मैदानमा उत्रिएको छ| यस दिन दुई सयभन्दा बढी युवा मोर्चाका कार्यकर्ताले शिक्षक नियुक्ति भ्रष्टाचारविरुद्ध पार्टी कार्यालयबाट झण्डा बोकेर विरोध जुलुस निकाल्योl “चोर पक्र जेल भरो’ नारासहित जुलुसले सम्पूर्ण मदारीहाट परिक्रमा गरी मदारीहाट बस स्ट्यान्डमा गएर पथ सभाको आयोजना गर्यो| पथ सभामा भाजपाका अलिपुरद्वार जिल्ला अध्यक्ष भुषण मोदक, जिल्ला युवा अध्यक्ष कमलेश राय, मण्डल नम्बर १८ अध्यक्ष अनुपम भारती, ब्लक सचिव सैलेन राय, ब्लक युवा सभापति अमीर प्रधान लगायतको उपस्थिति थियो|










