हार्दिक पाण्ड्यालाई काममा ध्यान दिने बोल्टको परामर्श

IMG-20240401-WA0136.jpg

मुम्बई: राजस्थान रोयल्सका पेस बलर ट्रेण्ट बोल्टले आईपीएल-को जारी सीजनमा अहमदाबाद र हैदराबादमा दर्शकहरूका हूटिंगको शिकार हुने मुम्बई इण्डियन्सका कप्तान तथा आफ्ना पूर्व साथी हार्दिक पाण्ड्याको समर्थन गरेका छन्। बोल्टले उनलाई आफ्नो काममा ध्यान दिने परामर्श दिएका छन्। न्यूजील्याण्डका अनुभवी पेस बलरले भने, यस्तो कुराहरू (दर्शकहरूका प्रतिक्रिया)-लाई तपाईं नियन्त्रित गर्न सक्नुहुन्न। पेशादार खेलाड़ीको रूपमा तपाईंले यसको सामना गर्नु पर्छ। एकजना पेशादार खेलाड़ीले यस सब कुरामा ध्यान नदिएर काममा ध्यान दिनु पर्छ तर यो सब भनेको जस्तो सजिलो पनि हुँदैन। बोल्टले पाण्ड्याको समर्थन गर्दै भने, एकदिन यो सब खतम हुनेछ। यस देशमा उत्साही प्रशंसकहरूका कमी छैन। हार्दिक विशेष रूपमा मेरो मनपर्ने खेलाड़ी हुन्। हूटिंग धेरै समयसम्म चल्नेछ जस्तो मलाई लाग्दैन। उनले यी सब कुराहरूलाई भुलेर आफ्नो काममा ध्यान केन्द्रित गर्ने मलाई विश्वास छ। यसरी मुम्बई इण्डियन्सका अनुभवी स्पिनर पीयूष चावलाले पनि टीमले म्याच जित्न थालेपछि परिस्थिति आफै सुध्रिने बताएका छन्। उनले भने, यस्तो परिस्थितिमा केही गर्न सकिँदैन। उनीहरू दर्शक हुन् अनि उनीहरू हाम्रो नियन्त्रणमा हुँदैनन्। हार्दिकले केवल आफ्नो काममा ध्यान दिइरहेका छन्। उनी दर्शकहरूका बर्तावले चिन्तित छैनन्। एकपल्ट हामीले म्याच जित्न शुरु गरेपछि सबैथोक बद्लिनेछ।

About Author

Advertisement