विशाखापट्टनम: दिल्ली क्यापिटल्स विरुद्ध आईपीएल २०२४-को म्याचमा चेन्नई सुपर किंग्स (सीएसके)-को हारको प्रमुख कारण दुवै ओपनर रुतुराज गायकवाड़ र रचिन रविन्द्र शुरुमै आउट हुनु पनि रह्यो। सीएसके-का कप्तान रुतुराजले म्याचपछि हारको कारणहरूबारे चर्चा गरे। उनले भने, शुरुवाती पावरप्ले-पछि हाम्रा बलरहरूका असाधारण पुनरागमनसँग म खुशी थिए। उनीहरूलाई १९१ रनमा रोक्नु असल प्रयास थियो। पहिलो ईनिंग्समा पीच असल स्थितिमा थियो। दोस्रो ईनिंग्समा चाहिँ अतिरिक्त सीम मूभमेण्ट र बाउन्स थियो। त्यसपछि हाम्रो शुरुवात असल रहेन। हामीले पहिलो तीन ओभरमा खेललाई अघि बढ़ाउन सकेनौं। त्यही अन्तर सृष्टि भयो। यसबाहेक हामीले जरूरी रन रेटलाई नियन्त्रणमा ल्याउन ठूलो ओभर पाएनौं।
म्याचको कुरा गर्दा आइतवार खेलिएको दोस्रो म्याचमा दिल्ली क्यापिटल्सले सीएसके-लाई २० रनले पराजित गऱ्यो। आईपीएल २०२४-मा चेन्नईको यो पहिलो हार अनि दिल्लीको पहिलो जीत हो। डा. वाईएस राजशेखरा रेड्डी एसीए-भीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनायो। त्यसपछि चेन्नईको टीमले चाहिँ ६ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो। फर्ममा रहने रचिन रविन्द्र (०२)-को साथमा कप्तान रुतुराज (०१) पहिलो १७ बलमै आउट भएपछि चेन्नईको टीमले म्याचलाई नियन्त्रणमा राख्न सकेन। अजिंक्य रहाणेले सर्वाधिक ४५ रन बनाए। उनले ३० बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक डेरिल मिचेलले ३४ रनको योगदान दिए। अन्तिम ओभरहरूमा पूर्व कप्तान एमएस धोनीले अविजित ३७ रन बनाएर पूरा प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। धोनीले १६ बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए। रविन्द्र जडेजा २१ रनमा अविजित रहे। दिल्ली क्यापिटल्सका बलरहरूमा मुकेश कुमारले ३ र खलील अहमदले २ विकेट लिए। यसअघि पहिला ब्याटिंग गर्ने दिल्ली क्यापिटल्सबाट ओपनर डेविड वार्नर (५२) र कप्तान रिषभ पन्त (५१)-ले अर्द्धशतक बनाए। यसबाहेक पृथ्वी सावले २७ बल खेलेर ४३ रनको योगदान दिए। वार्नर र पृथ्वीले पहिलो विकेटको निम्ति ५७ बलमा ९३ रनको पार्टनरशीप गरी टीमलाई असाधारण शुरुवात दिलाए। दुवै ओपर आउट भएपछि पन्तले जिम्मेवारीको साथ खेल्दै टीमलाई असल स्कोरसम्म पुऱ्याए। वार्नरले ३५ बल खेलेर ५ वटा चौका र ३ वटा छक्का लगाए। यसरी पन्तले ३२ बल खेलेर ४ वटा चौका र ३ वटा छक्का लगाए।