गान्तोक: राज्यमा आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउमा उम्मेद्वारहरद्वारा गरिने खर्चलाई निरीक्षण गर्न आएको व्यय पर्यवेक्षक जे.सुन्दरेसम, जे. प्रेमानन्द र प्रासुन काब्राले आज राज्यको आवकारी विभागको निरीक्षण गर्दै विभागकी आयुक्त विनिता छेत्रीसँग भेट गरे। भेटको क्रममा पर्यवेक्षकले राज्यमा मदिराको बिक्रीको नियन्त्रण,पर्यवेक्षकहरूले राज्य भित्र मदिरा वितरण अनुगमन गर्न राज्य अन्तःशुल्क विभागको तयारी, कुनै पनि अनियमितता र चुनाव सम्बन्धी प्रलोभन रोक्न प्रयासहरू विरुद्ध सतर्कता सुनिश्चित गर्नेबारेमा छलफल गरेको बताइएको छ।