सनराइजर्स विरुद्ध टाइटन्सको ७ विकेटले जीत

photocollage_202433122173564.jpg

अहमदाबाद: गत दुई सीजनको फाइनलिस्ट गुजरात टाइटन्सले आईपीएल २०२४-मा आफ्नो दोस्रो जीत हासिल गऱ्यो । आइतवार खेलिएको एकतर्फी म्याचमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गऱ्यो। यस जीतपछि गुजरात टाइटन्स ३ वटा म्याचमा ४ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको चौथो स्थानमा पुग्यो। यसरी केही दिन अघि मात्र मुम्बई इण्डियन्स विरुद्ध यादगार जीत हासिल गर्ने सनराइजर्सले फर्मलाई कायम राख्न सकेन अनि टीम तीनवटा म्याचमा दोस्रो हारको साथ पाँचौं स्थानमा रहन पुग्यो। दर्शकहरूले भरिएको नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो । त्यसपछि टाइटन्सले १९.१ ओभरमा ३ विकेटमा १६८ रन बटुलेर म्याच झोलीमा हाल्यो । टाइटन्सबाट इम्प्याक्ट प्लेयर साई सुदर्शनले ३६ बलमा ४ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ४५ रन बनाए। यसरी डेविड मिलरले २७ बलमा ४ वटा चौका र २ वटा छक्काको सहायताले अविजित ४४ रन बनाए । यी दुई बाहेक ओपनरद्वय रिद्धिमान साहा र कप्तान शुभमन गिलले क्रमशः २५ र ३६ रन बनाए ।
म्याचमा पहिला ब्याटिंग गर्ने सनराइजर्सको तर्फबाट सबै ब्याटरहरूले असल शुरुवात गरे पनि कसैले क्रीजमा समय बिताउन सकेनन् । गुजरातका बलरहरूले लगातार अन्तरालमा विकेट हासिल गरी विपक्षी टीमको रन गतिलाई नियन्त्रणदेखि बाहिर जान दिएनन्। यसैकारण गत म्याचमा मुम्बई इण्डियन्स विरुद्ध रेकर्ड २७७ रन बनाउने टीमले आज केवल १६२ रन बनाउन सक्यो । टाइटन्सका बलरहरूमा प्लेयर अव् द म्याच रहने पेसर मोहित शर्माले ४ ओभरमा २५ रन खर्च गरी सर्वाधिक ३ विकेट हासिल गरे । सनराइजर्सबाट अभिषेक शर्मा र अब्दुल सामदले सर्वाधिक २९-२९ रन बनाए। यसबाहेक हेनरिक क्लासेनले २४ शाहबाज अहमदले २२ र ट्रेविस हेडले १९ बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement