ओलम्पिक कोटा हासिल गर्ने तयारीमा चानू

IMG-20240331-WA0344.jpg

फुकेट (थाईल्याण्ड): चोटले गर्दा ६ महिनाको लामो ब्रेकपछि टोक्यो ओलम्पिकमा रजत पदक विजेता महिला भारोत्तोलक मीराबाई चानू आईडब्ल्यूएफ वर्ल्ड कपको माध्यमले खेलमा फर्किनको साथै यस साल हुने पेरिस ओलम्पिकको कोटा हासिल गर्न तयार छिन्। वर्ल्ड कप अन्तिम क्वालीफाईंग टुर्नामेण्ट मात्र नभएर पेरिस ओलम्पिक खेलहरूका निम्ति अनिवार्य पनि रहेको छ। वर्ल्ड कपमा उनको भागीदारी नै पेरिस ओलम्पिकको निम्ति टिकट हासिल गर्न पर्याप्त हुनेछ कारण पूर्व वर्ल्ड च्याम्पियन चानू महिलाहरूकी ४९ किग्रा वर्गको ओलम्पिक कालीफिकेशन ‌ऱ्याङकिंगमा दोस्रो स्थानमा रहेकी छन्। ओलम्पिक २०२४ कालीफिकेशन नियमहरूअन्तर्गत वर्ल्ड च्याम्पियनशीप २०२३ र वर्ल्ड कप २०२४-मा भाग लिनु अनिवार्य छ। यी दुई टुर्नामेण्टहरू बाहेक भारोत्तोलकले २०२२ वर्ल्ड च्याम्पियनशीप, २०२३ उपमहाद्वीपीय च्याम्पियनशीप, २०२३ ग्रां.प्री. वन, २०२३ ग्रां.प्री. टू र २०२४ उपमहाद्वीपीय च्याम्पियनशीपमा कम्तीमा तीनवटामा हिस्सा लिएको हुनु पर्छ। चानू यी मानदण्डहरूमा उत्तीर्ण रहेकी छन्। उनले २०२२ वर्ल्ड च्याम्पियनशीप र २०२३ एशियाई च्याम्पियनशीपमा हिस्सा लिएकी थिइन्। वर्ल्ड कपको अन्तमा यी मानदण्डहरूमा उत्तीर्ण शीर्ष १० भारोत्तोलकहरूले आ-आफ्नो भार वर्गमा पेरिस ओलम्पिकको टिकट हासिल गर्नेछन्। चानीकी मुख्य प्रशिक्षक विजय शर्माले भने, उनी (चानू) चोटबाट फर्किरहेकी छन् अनि हामी हतार गर्ने छैनौं। उनलाई ओलम्पिकको निम्ति कालीफाई गर्न असुविधा हुनेछैन। यसैकारण अतिरिक्त जोखिम उठाएर फाइदा हुनेछैन। हामी उनलाई पेरिसको निम्ति तयार राख्न चाहन्छौं।

About Author

Advertisement