जनरल पर्यवेक्षकहरूले गरे राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक

IMG-20240331-WA0348.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति पर्यवेक्षककोरूपमा आएका जनरल पर्यवेक्षक जितेन्द्र कुमारले हिजो राज्यका विभिन्न राजनीतिक दलका प्रतिनिधिहहरूलाई लिएर सभा आयोजना गरे। गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सभामा गान्तोक जिल्लाका अतिरिक्त जिल्लापाल रोहन अगवाने, महकुमा अधिकारी रोशन सुब्बा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा, सामान्य पर्यवेक्षकहरूले विशेष गरेर तीनवटा एप्सबारे छलफल गरे, जसमा सिकायतको निम्ति सीभिजिल एप, इभीएम र भीभीपीएटीको अनियमितताको लागि इएमएस एप र सम्बन्धित अधिकारीहरूबाट आधिकारिक अनुमतिहरूको लागि सुविधा एपबारे जानकारी गराइयो। पर्यवेक्षकले कुनै पनि कसर बाँकी नराखी व्यक्तिहरूले दायर गरेको कुनै पनि वैध सिकायतलाई पूर्ण रूपमा सम्बोधन गर्न त्यसमाथि कारवाही गरिने बचन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement