जनतालाई उच्च प्राथमिकता दिनुपर्छ: सी जिनपिङ

171025171934-01-xi-jinping-life-gallery.jpg

बेइजिङ: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्ष सी जिनपिङको महत्वपूर्ण लेख अप्रिल १ तारिख प्रकाशित हुने ‘छ्यो शी पत्रिकाको सातौं अंकमा ‘जनतालाई सर्वोच्च प्राथमिकता दिँदै’ शीर्षकमा प्रकाशित हुनेछ। यस लेखमा ‘जनता इतिहासको निर्माता हो’ मा जोड दिइएको छ। जनता नै सच्चा हिरो हुन्। चिनियाँ कम्युनिष्ट पार्टी जनताबाट आएको हो र जनताको सेवा गर्छ। पार्टीको आधार र शक्ति जनतामा छ। राम्रो जीवनको लागि जनताको आकांक्षा हाम्रो संघर्षको उद्देश्य हो। चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूको प्रारम्भिक आकांक्षा र कर्तव्य भनेको चिनियाँ जनताका लागि खुशी ल्याउनु, राष्ट्रको पुनरुत्थान पूरा गर्नु हाे। सिपिसि सदस्यहरूको निरन्तर वृद्धिको लागि कर्तव्य भनेको आधारभूत प्रेरणा हो। यस लेखमा भनिएको छ कि सीपीसीका सबै कार्यहरू जनताको आधारभूत हितको रक्षा र विकासका लागि हो। यस लेखमा शक्तिशाली आधुनिक समाजवादी देशको निर्माण सम्पन्न गर्ने निर्णायक शक्ति जनता हुन् भनी उल्लेख गरिएको छ।

About Author

Advertisement