खोरीबारी क्षेत्रमा तृणमूल कांग्रेसका उम्मेदवार  गोपाल लामाले गरे चुनाव प्रचार

IMG-20240331-WA0211

सिलगढी: दार्जीलिङ लोकसभा क्षेत्रबाट तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले आइतबार जोरदार प्रचारप्रसार गरेका छन्। आज उम्मेदवार गोपाल लामाले तृणमूल समताल अध्यक्ष पापिया घोष र अन्य नेताहरूसँग खोरीबारी ब्लकको बतासी काली मन्दिरमा पूजा गरे र त्यसपछि ग्रामीण क्षेत्रमा जनसम्पर्क अभियान चलाए।आज गोपाल लामाले विभिन्न गाउँहरूमा गएर सर्वसाधारणसँग कुराकानी गरे। विकासको नाममा भोट हाल्न आग्रह गर्दै उनले आम जनताले विकासको नाममा भोट हाल्ने बताए। उनले भने, ‘मुख्यमन्त्रीको नेतृत्वमा धेरै विकास भएको छ र जनताले त्यसलाई निरन्तरता दिन भोट दिनेछन्।‘ पहाडका जनता धेरै बुझ्ने भएकाले विकासको नाममा भोट हाल्ने उनले बताए। ‘जसरी जनसहयोग पाइरहेको छु, त्यसले मेरो जित निश्चित रहेको छ’, उनले भने। दार्जीलिङ जिल्ला अध्यक्ष पपिया घोषले चारैतिर विकासको लहर चलिरहेकोले जनताले तृणमूललाई ​​पक्कै साथ दिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement