भाजपाले पहाडमा गलत राजनीति गररिहेको हिल तृणमूल कंग्रेसको आरोप

IMG-20240331-WA0250.jpg

खरसाङ: तृणमूल कांग्रेस खरसाङ टाउन अध्यक्षद्वारा भाजपामाथि गलत राजनीति गरेको आरोप लगाएका छन्। तृणमूल कांग्रेस खरसाङ टाउन कमिटीको अध्यक्ष बरदान सिञ्चुरीले भाजपाले झुटो राजनीति गरेको आरोप लगाएका छन्। उनले भाजपाले कुनै पनि विकासको काम नगरेको बरु क्षेत्रीय विकासका लागि चुनावी सभा गर्ने, वाचा गर्ने जस्ता भ्रामक रणनीति अपनाएको आरोप लगाएका छन्। उनले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै भाजपाले केवल जनतासित बिजिनेस गरेको तर केही नदिएको आरोप लगाएका छन्। सेञ्चुरीले आरोप लगाउँदै भाजपाले १५ वर्षमा केही दिएन बरू जनतालाई धोका दिएर अन्यौलमा राखेको छ बताए। उनले तृणमूल कांग्रेसले पहाड़मा विकास गरिरहेको र यसपाली हामी तृणमूलको प्रार्थी गोपाल लामालाई जिताउने आह्वान् पनि गरेका छन्। भाजपामथि आरोप लगाउँदै हिल तृणमूल कांग्रेस खरसाङ टाउन कमिटीको अध्यक्ष बरदान सेञ्चुरीले भने, भाजपाले केवल धर्मको नाममा र जातिको नाममा राजनीति गर्छन्। तर हामी भावनाको राजनीति होइन तर यथार्थको राजनीतिको गर्ने गरेका छौं। भाजपाको ‘मुखमा मात्र राम राम तर बगलीमा छुरा’ हुन्छ।”
सेञ्चुरीले अघि भने, ‘यसपाली तृणमूल कंग्रेसको योग्य प्रार्थी रहेकोले हामी गोपाल लामालाई जिताउन लागि परेका छौं। उनी सांसदको लागि सठीक व्यक्ति हुन् र उनले जित्ने कुरामा आशावादी रहेका छौं।’

About Author

Advertisement