महिला फूटबलरहरूसँग कुटपीटको मामिलामा आरोपी दीपक पक्राउ

IMG-20240330-WA0324.jpg

नयाँ दिल्ली: महिला खेलाड़ीहरूसँग कुटपीटको मामिलामा अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-को कार्यकारी समितिका सदस्य दीपक शर्मालाई गोवा पुलिसले पक्राउ गरेको छ। पीटीआई-को एउटा रिपोर्टमा यसबारे जानकारी दिइएको छ। शनिवार खेल मन्त्रालयले यस मामिलालाई गम्भीरतापूर्वक लिँदै एआईएफएफ-लाई तत्काल कार्वाहीको निर्देश दिएको थियो। खेल मन्त्री अनुराग ठाकुर स्वयंले यसबारे जानकारी दिएका छन्। वास्तवमा दुईजना महिला फूटबलरले गोवामा जारी सेकेण्ड डीविजन भारतीय महिला लीगको अवधि एआईएफएफ-का एकजना सदस्यमाथि मदपान गरेर शारीरिक उत्पीड़न र हिंसाको आरोप लगाएकी थिइन्। खेल मन्त्री ठाकुरले भनेका छन्, गोवामा जारी भारतीय महिला लीगको अवधि महिला फूटबलरहरूमाथि उनीहरूका प्रशिक्षकद्वारा हमलालाई गम्भीरतापूर्वक लिइएको छ। अखिल भारतीय फूटबल महासंघका यस मामिलामा तत्काल कार्वाहीको निर्देश दिइएको छ। मीडिया रिपोर्ट्स अनुसार, हिमाचल प्रदेश स्थित क्लब खाद एफसी-की दुईजना खेलाड़ीहरूसँग एउटा होटलको रूममा एआईएफएफ कार्यकारी समितिका सदस्य दीपक शर्माले कुटपीट गरेका थिए। गोवा फूटबल एसोसिएशन (जीएफए) र एआईएफएफ-ले यस मामिलाको नालिश दर्ता गरिएको कुरा स्वीकार गरिएको छ। पलक वर्मा र रितिका ठाकुरले तीनजना गवाहीको साथ नालिश दर्ता गरेकी छन्। खेलाड़ीहरूले भनिन्, बिहीवार रातिको भोजन समाप्त भएपछि हामी अण्डा उमाल्नु होटल रूममा गएकी थियौं। यसै कुरामा दीपक शर्मा रिसाए अनि हाम्रो रूममा आए। उनले हामीलाई थप्पड़ले हिर्काए अनि शरीरमा हमला पनि गरे। उनी हाम्रो अघि नै मदपान गरिरहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement