संसदीय उम्मेद्वारहरुलाई चुनाउ चिन्ह हस्तान्तरण

photocollage_2024330224726773.jpg

गान्तोक: सिक्किम संसदीय निर्वाचन क्षेत्रका सबै उम्मेदवारहरूलाई आज सिक्किम संसदीय निर्वाचन क्षेत्रका रिटर्निङ अधिकारी तुषार निखारेद्वारा गान्तोक जिल्लाका पर्यवेक्षक जितेन्द्र कुमारको उपस्थितिमा चुनाउ चिन्हहरूप्रदान गरियो। जसमा सिक्किम संसदीय निर्वाचन क्षेत्रका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको नाम अन्तर्गत दिनेशचन्द्र नेपाल, भारतीय जनता पार्टीलाई कमलफूल. राष्ट्रिय कंग्रेस पार्टीका गोपाल क्षेत्रीलाई हात. सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका इन्द्हाङ सुब्बालाई टेबल ल्याम्प एसडीएफ पार्टीका प्रेमदास राईलाई छाता. सिटिजन एक्शन पार्टीका भरत बस्नेतलाई नागरिक. खर्कबहादुर राई, सिक्किम रिपब्लिकन पार्टी, बाँसुरी. बीना राई, स्वतन्त्र उम्मेदवार कलम निब, लातेन छिरिङ शेर्पा, स्वतन्त्र उम्मेदवारलाई टेबल, मधुकर ढकाल, स्वतन्त्र उम्मेदवारसाई माइक. नवीन किरण प्रधान, स्वतन्त्र उम्मेदवार, ब्याट्री टर्च. रविचन्द्र राई, स्वतन्त्र उम्मेदवारलाई कम्प्युटर. रुद्रमणि प्रधान, स्वतन्त्र उम्मेदवार पानी ट्यांकी. शम्भु क्षेत्री, स्वतन्त्र उम्मेदवार, डायमण्ड र श्यामल पाल, स्वतन्त्र उम्मेदवारलाई फुटबल खेलाडी चिन्ह प्रदान गरियो।

About Author

Advertisement