बदरुद्दीन अजमलले अर्को विवाहको चाहनाबारे मुख्यमन्त्री हिमन्त सरमाले यसो भने…

photocollage_202433021839543.jpg

गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले अल इण्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्टका प्रमुख बदरुद्दीन अजमलले अर्को महिलासँग विवाह गर्ने भनाइलाई लिएर जवाफ दिएका छन्। अजमलले विवाह गर्ने योजना बनाएको भए चुनावअघि नै गरिदिनुपर्ने सरमाले बताए। चुनावपछि एकभन्दा बढी बिहे गरे जेल हालिनेछ। एआईयुडीएफ प्रमुखले आफू बूढो नभएको र फेरि बिहे पनि गर्नसक्ने बताएका थिए। बदरुद्रुद्दीन अजमल एक कार्यक्रममा थिए जब उनले कांग्रेस नेता रकिबुल हुसैनको बयानमा भने, ‘मैले होइन तर कांग्रेस नेता रकिबुल हुसैनले भने, म बूढो भएँl तर म अझै विवाह गर्नसक्छु। यदि मुख्यमन्त्रीले मलाई रोक्छ भने म सक्छु। मसँग यति हिम्मत छ।‘ अजमलको यो भनाइलाई लिएर हिमन्त सरमाले चुनावअघि बेहुली ल्याएर बिहे गरे राम्रो हुने बताएका छन्। हिमन्त सरमाले थपे, ‘उउनले बोलाए भने हामी पनि जान्छौँ, किनकि अहिलेसम्म अवैधानिक छैन। जहाँसम्म मलाई थाहा छ, उनको एउटी श्रीमती छिन्, उनले थप दुई–तीन बिहे गर्न सक्छन् तर चुनाव लगत्तै बहुविवाह बन्द गर्नेछौंl पूरै मस्यौदा तयार छ। अहिले बोलाए हामी जान्छौं तर चुनावपछि अवैध हुनेछ। मैले रोकेको होइन, कानून छ र कसैले कानूनसँग खेल्छ भने कानूनले कारबाही गर्नेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement