ट्रेनले आफ्नो ट्र्याक छोड्नु सक्छ तर म जातिको निम्ति मेरो ट्रयाक छोड्ने छुइन: मन घिसिङ

IMG-20240330-WA0320.jpg

दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कार्यीलयमा गोरामुमो कार्यकर्ता लगायत गोरामुमो पार्टीलाई मुद्दाको समर्थन जनाउँदै अध्यक्ष मन घिसिङसंग भेटघाट गर्ने क्रम जारी रहेका छन्। यसै क्रममा आज अप्पर सोनादा अनि लोवर सोनादाबाट आएका जनताहरुलाई अध्यक्ष मन घिसिङले सम्बोधन गरे। आफ्नो सम्बोधनको क्रममा मन घिसिङले भने, मैले पार्टीको निम्ति मात्र लडेको छुइन तर मैले जातिको मुद्दा बोकेर हिनेको छु। अब समय नजिक छ। हाम्रो समस्याको समाधान नजिक रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको वक्तव्यले ठूलो अर्थ लाग्छ। कतिले बुझ्न सकेन होला तर यो वक्तव्य भारतको प्रधानमन्त्रीले दिएको हो। दिल्ली सजिलो छैन पहाडमा दिल्ली सजिलो देख्छ तर हाम्रो जातिको उन्मुक्तिको निम्ति कार्य भइसकेको छ। अब हामीले घरी घरी गल्ती गर्नु हुदैन। मैले सबैलाई धेरै अघिदेखि जनाउँदै आएको हो। जातिलाई डुबाउने कार्यहरुमा हात हाल्नु हुदैन। ट्रेनले आफ्नो ट्र्याक छोड्नु सक्छ तर म जातिको निम्ति मेरो ट्रयाक छोड्ने छुइन। म लक्ष्यमा पुर्‍याएरनै छाड्ने छु। सुर्ता गर्नु पर्दैन। चुनाव आउँछ जान्छ हार जीत हुन्छ तर जाति हारेको हुनु हुँदैन। तपाईंहरु नानाथरीको कुरामा भुलिनु हुँदैन। तपाईंहरुको निम्ति म खटेको हुन्छु। म कसैलाई दुःख दिनु चाहान्न मलाई केवल तपाईंहरुको आशिर्वाद चाहिन्छ।

यसैकारण तपाईं हामी सबैले मिलेर राजु विष्टलाई जिताउनु पर्छ। राजु विष्टको जीत भनेको गोर्खा जातिको जीत हो भनी आफ्नो सम्बोधनको क्रममा अध्यक्ष मन घिसिङले भने। यसै क्रममा आज अध्यक्ष मन घिसिङले दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाको नेतृत्वमा आएको ब्राञ्च कमिटी सदस्यगण, विभिन्न समष्टिबाट आएका प्रतिनिधिवर्गसंग पनि चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement