चुङथुङ मेरीबोङ तामसाङ समष्टिमा ४१ परिवार भागोप्रमोमा सामेल

IMG-20240330-WA0315.jpg

दार्जिलिङ: दार्जीलिङको चुङथुङ मेरीबोङ तामसाङ समष्टिमा ४१ परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको जानकारी प्राप्त भएको छ। यस समष्टीमा पार्टीमा समावेश हुने कार्यक्रमले जोर पक्रेको बताइएको छ। केही दिन अघि मात्र ४०० भन्दा अधिक परिवारले समर्थन गरेका थिए भने आज रामजी परमागुढी तुङ्ग्ने गाँउ, कार्की गाउँबाट ४१ परिवारहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल बनेका छन्।

दिपंकर क्षेत्रीको अध्यक्षतामा भएको सभामा क्षेत्रीय सभासद सन्दीप क्षेत्री, सुखिया पञ्चायत समिति सभापति सोनाम डोमा वाङदी, कर्माअध्यक्ष अरुण क्षेत्री, समष्टि सचिव ललित तामाङ, समष्टि सह सचिव रतन गुरुङ, समष्टि चुनाव समिति को पक्षबाट विशाल दर्नाल, भास्कर गिरी, सञ्जय गुरुङ, मिम शाखा सभापति सुदिप क्षेत्री आदिको प्रमुख उपस्थिति रहेको थियो।

सभामा सभासद क्षेत्रीले पार्टीका उम्मेद्वार गोपाल लामालाई दुई फूलको चिह्नमा विपुल मत दिएर विजय गराउने अपिल गरे।

About Author

Advertisement