दार्जीलिङ: खरसाङका भाजपाका विधायक विष्णुप्रसाद शर्माले आज लोकसभा चुनावको लागि आफ्नै पार्टी भारतीय जनता पार्टीको उम्मेदवार सांसद राजु विष्टविरुद्ध उम्मेदवारी दर्ता गराएका छन्। आज खरसाङका भाजपा विधायक बीपी बजगाईले दार्जीलिङ संसदीय सिटको लागि निर्दलीय प्रार्थीको रूपमा आफ्नो नामांकन पत्र बुझाएका छन्। उनले आफ्नो नामांकन पत्र बुझाउन अघि दार्जीलिङको महाकाल बाबा मन्दिरमा पुगेर पूजा अर्चना गरी दार्जीलिङ जिल्ला शासक कार्यालयमा पुगेर आफ्नो नामांकन पत्र बुझाएका छन्। खरसाङका भाजपा विधायक बीपी बजगाईले यसपाली दार्जिलिङ संसदीय सिटको लागि भाजपाले यहाँकै रैथाने भूमिपुत्रलाई टिकट नदिएको खण्डमा पार्टीको विरोधमा आफै निर्दलीय प्रार्थीको रुपमा चुनावमा खड़ा हुने पहिलेबाटै घोषणा गरेका थिए। त्यही घोषणा अनुसार उनले आज दार्जीलिङ संसदीय सिटको लागि निर्दलीय प्रार्थीको रूपमा आफ्नो नामांकन पत्र बुझाएका छन्। शर्माले आफूमाथि पार्टीले कारबाही गरे त्यसको परिणाम भोग्न आफू तयार रहेको दाबी गरे। आफ्नो नामांकन पत्र विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङका भाजपा विधायक बीपी बजगाईले भने, ‘पार्टीले बाहिरका व्यक्तिलाई उम्मेद्वार बनाएकोले म दार्जिलिङ संसदीय क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रूपमा उम्मीदवार रहेको छु। भाजपामा टिकट पाएका पछिल्ला तीन सांसदहरू बाहिरका थिए, उनीहरूले गोर्खाको मुद्दालाई दिल्लीमा गुन्जाउन कुनै प्रयास गरेनन् भन्ने कुरा स्पष्ट भयो जब भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले मलाई कोलकातामा छुट्टै राज्यको बारेमा कुरा नगर्न आग्रह गरे।’
शर्माले उम्मेदवार नउठाउने सबै दललाई साथ दिन आग्रह गरेका छन् । उनले भनेका छन् – मैले आफ्नो कुरामा अडिग भएर उम्मेदवारी भरेको छु। मैले आफ्नो राजनैतिक धर्म पूरा गरेको छु, अब मैले पहिले भेटेकाहरुको राजनीतिक धर्म पूरा गर्ने बेला आएको छ,” दार्जिलिङमा गुरुङलाई हालै भेटेका र भेटघाटमा सहभागी भएका शर्माले भने।