भाजपा युवा मोर्चाले निकाल्यो मशाल जुलूस

3c0f2998-998a-4ff5-98b6-8b2c3020963f

कालचिनी: एसएससी घोटाला र प्राथमिक शिक्षक नियुक्तिमा दुर्नीतिको विरोधमा लगातार भाजपाले पथसभा, ‘चोर धरो जेल भरो’ कार्यक्रम गरीरहेको क्रममा बुधबार साँझ कालचिनीमा भाजयुमोको आयोजनामा मशाल जुलूसको आयोजना गऱ्यो। भाजपा ८ नम्बर मण्डल कार्यालयबाट उक्त मशाल जुलूस निकालेर कालचिनी चौपति हुँदै कारगिल चौक क्षेत्रको परिक्रमा गर्दै कालचिनी चौपतिमा आएर जुलूसको समापन गर्यो।

उक्त मशाल जुलूसमा कालचिनी विधायक विशाल लामालगायत भाजपा जिल्ला नेता प्रदीप कुजूर, तोफिल सोरेङ, राजेश बारला एवं भाजयुमो अलिपुरद्वार जिल्ला उपाध्याक्ष नारायण लामा, सचिव अनूप मिञ्ज, भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा एवं अन्यान्यको उपस्थिति थियो। मशाल जुलूस समापन गर्ने क्रममा भाजयुमो अलिपुरद्वार जिल्ला सचिव अनूप मिञ्ज र जिल्ला उपाध्यक्ष नारायण लामाले तृणमूल सरकार चुर्लुम्म दुर्नीतीमा डुबेको र यसलाई जराबाट उखेल्न पर्ने आह्वान गर्दै मशाल जुलूस युवा मोर्चाको पक्षबाट निकालिएको बताएका छन्।

About Author

Advertisement