सोरेंगमा इण्डिपेण्डेन्स डे फूटबलः सिंगलिंग स्पोर्टिंग क्लब अघिल्लो राउण्डमा

IMG-20220803-WA0153.jpg

३ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा बुधवार भएको म्याचमा आयोजक टीमले सजिलै जीत हासिल गऱ्यो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा सिंगलिंग स्पोर्टिंग क्लब (सोरेंग)-ले आर्मी बोइज शिलंगलाई ३-०-ले पराजित गऱ्यो। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement