जनरल पर्यवेक्षक लगायत अन्य अधिकारीहरूले गरे मल्लीको निरीक्षण

IMG-20240329-WA0320.jpg

गान्तोक: नाम्ची जिल्लाको निम्ति आएका जनरल पर्यवेक्षक अमर नाथ उपाध्याय लगायत सेक्टर मेजिस्ट्रेट, एसिस्टेन्ट रिटर्निङ अधिकाहरूले आज मल्ली निर्वाचन क्षेत्रको निरीक्षण गर्दै त्यहाँको अवस्था र प्रबन्धनबारे जानकारी लिए। पर्यवेक्षक उपाध्यायले सबै अधिकारीहरूलाई एक अर्कामा तालमेल राख्दै चुनाउ प्रक्रियालाई सामान्य ढङ्गमा सञ्चालन गराउने विषयमा जोड दिए। पर्यवेक्षकले जिल्लामा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र समावेशीढङ्मा चुनाउ गराउनका लागि चुनाउ अधिकारीहरू सचेत हुनुपर्नेमा विषयमा जोड दिए।यसका साथै उनले आमजनतासँग अन्तरक्रिया गर्दै यसपालीको चुनाउ हिंसामुक्त गर्नका लागि प्राधिकरणले सम्भावित सबै प्रबन्ध मिलाउने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement