जनरल पर्यवेक्षक लगायत अन्य अधिकारीहरूले गरे मल्लीको निरीक्षण

IMG-20240329-WA0320.jpg

गान्तोक: नाम्ची जिल्लाको निम्ति आएका जनरल पर्यवेक्षक अमर नाथ उपाध्याय लगायत सेक्टर मेजिस्ट्रेट, एसिस्टेन्ट रिटर्निङ अधिकाहरूले आज मल्ली निर्वाचन क्षेत्रको निरीक्षण गर्दै त्यहाँको अवस्था र प्रबन्धनबारे जानकारी लिए। पर्यवेक्षक उपाध्यायले सबै अधिकारीहरूलाई एक अर्कामा तालमेल राख्दै चुनाउ प्रक्रियालाई सामान्य ढङ्गमा सञ्चालन गराउने विषयमा जोड दिए। पर्यवेक्षकले जिल्लामा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र समावेशीढङ्मा चुनाउ गराउनका लागि चुनाउ अधिकारीहरू सचेत हुनुपर्नेमा विषयमा जोड दिए।यसका साथै उनले आमजनतासँग अन्तरक्रिया गर्दै यसपालीको चुनाउ हिंसामुक्त गर्नका लागि प्राधिकरणले सम्भावित सबै प्रबन्ध मिलाउने आश्वासन दिए।

About Author

Advertisement