सोनादा डिग्री कलेजमा समाज विज्ञानमा शोध विधिका विविध पद्धति विषयक दश दिने कार्यशालाको समापन

IMG-20240329-WA0295.jpg

सोनादा: सोनादा डिग्री कलेजको राजनीति शास्त्र विभागको आयोजनामा एवम् कलेजको आन्तरिक गुणवत्ता मूल्यांकन प्रकोष्ट (आईक्युएसी) को सहकार्यमा समाज विज्ञानमा  शोध विधिका विविध पद्धतिहरु विषयक गत १८ मार्चदेखि सम्पन्न भएको दश दिने कार्यशालाको कलेजको प्रेक्षागृहमा डारागिनी थापाको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भयो। यस समापन समारोहमा स्रोत वक्ताको रुपमा सिक्किम मणिपाल विश्वविद्यालयका पूर्व प्राध्यापक तथा हाल रामपुरघाट कलेज वर्दवानका वाणिज्य विभागका उप प्राध्यापक डा. प्रमेश छेत्री उपस्थित थिए। उनले शोध कार्यको लागि शोधार्थीहरूले पालन गर्नुपर्ने नीति नियमहरू, शोधार्थीको दायित्व, कार्य प्रणाली र शोधका विविध पद्धतिहरु बारेमा जानकारी दिएका थिए। शोधार्थीहरूको लागि शोध लेखनका सबै प्रकारका जानकारीहरू सरल ढङ्गमा डा.छेत्रीले प्रस्तुत गरेका थिए। दश दिने कार्यशालाको प्रथम उदघाटन सत्र र अन्तिम समापन सत्र कलेजको प्रेक्षागृहमा सम्पन्न भएको थियो भने अन्य सबै सत्रहरू गुगल मिटको माध्यमद्वारा प्रत्येक दिन बेलुकी पाँच बजीदेखि आठ बजीसम्म सम्पन्न भएको थियो। दश दिने उक्त कार्यशालाको विभिन्न सत्रमा  डा.पदम नेपाल (सन्त जोसेफ कलेज, दार्जीलिङ), डा.रमेश दुराल (उत्तर बङ्ग विश्वविद्यालय) र डा. इसा तिर्की (उत्तर बङ्ग  विश्वविद्यालय प्रोफेसर मनीष (गुजरात केन्द्रीय विश्वविद्यालय), प्रोफेसर सेबास्टियन एन ( जमिलमिल्ला इस्लामिया विश्वविद्यालय, नयाँ दिल्ली), डा.न्युटन सिंह( सिक्किम विश्वविद्यालय), डा.अनन्त गुरुङ (जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँ दिल्ली), डा. शारदा राई (रुद्रम डाइनामिक फाउण्डेशन, गुजरात), डा. अनमोल मुखिया (मणिपाल विश्वविद्यालय, सिक्किम), डा. टेकेन्द्रकुमार छेत्री (सिक्किम विश्वविद्यालय), प्रा.रवीन्द्रमणि प्रधान(सिद्धेश्वरी महाविद्यालय, कलकत्ता) प्रवीण छेत्री, शोधार्थी, सिक्किम विश्वविद्यालय, डा. कोमल  कौशिक बराल (सोनादा डिग्री कलेज) लगायत असम, सिक्किम, त्रिपुराका विभिन्न कलेज र विश्वविद्यालयका  प्राध्यापक- प्राध्यापिका र शोधार्थीहरूले आ-आफ्ना कार्य पत्रहरु प्रस्तुत गरेका थिए। उक्त समापन समारोहलाई प्रा. डिच्छेन यल्मो र प्रा प्रवीणा लोहारले सञ्चालन गरेकी थिईन् भने धन्यवाद ज्ञापन कार्यशालाका संयोजक डा. कोमल कौशिक बरालले गरेका थिए। विभिन्न सत्रमा प्रस्तुत गरेका प्रत्येक   कार्यपत्रको सार संक्षेप टिप्पणी सोनादा डिग्री कलेजका विद्यार्थीहरू सिबाया रसाईली,  नेहा राई, कृति गिरी मेघा रसाईली, कृतिशा राई, वीरसिक्का राई, सालिनी गुरुङ, कृतिका शर्मा र सिमरण शर्माले प्रस्तुत गरेका थिए। कलेजको स्थापना कालदेखि आजसम्म कलेजसंग  संलग्न रही कलेजको उत्तरोतर प्रगतिमा साथै दश दिवसीय कार्यशालामा सह प्रायोजकको रुपमा तन, मन, धनले सहयोग पुर्याएवापत रमेश बन्धु प्रकाशन सोनादाका निर्देशक रसिक छेत्री र कार्यशालाका समापन सत्रका स्रोत वक्ता डा प्रमेश छेत्रीलाई  कृतज्ञता पत्र र स्मृति चिन्ह डा.रागिनी थापाको बाहुलीबाट प्रदान गरेका थिए भने कृतज्ञता पत्रलाई प्रा मेघनाथ छेत्रीले पठन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement