खरसाङको बरबुङ बस्तीमा भागोप्रमो र नारी शक्तिको शाखा कमिटी गठन

IMG-20240329-WA0293.jpg

खरसाङ: २९ नम्बर खरसाङ गिद्धपहाड समष्टी अन्तर्गत बरबुङ बस्तीमा भागोप्रमो बरबुङ शाखा नारी युवा अनि प्यारेन्ट्स कमिटी गठन गरिएको छ। उक्त कमिटी गठनको लागि एक सभा क्षेत्रीय पञ्चायत सदस्या गायत्री मंग्रातीको अध्यक्षतामा सम्पन्न भयो। सभामा केन्द्रीय नारी शक्ति अध्यक्षा अनु छेत्री प्रधान, समष्टी चुनाव प्रभारी पेमेन्द्र गुरुङ, समष्टी सचिव भक्तिमान तामाङ, गिद्ध पहाड नारी जोनल सचिव रिना छेत्री, गिद्ध पहाड संयोजक आशिष छेत्रीको विशेष उपस्थिति रहेको थियो। सभालाई समष्टि युवा सांगठनिक सचिव समीर लामाले सञ्चालन गरेका थिए।सभामा उपस्थित युवा, नारी अनि प्यारेन्ट्सको छुट्टा छुट्टै कमिटी गठन गरियो। यस क्रममा नारी शक्ति समिति सभापतिमा मिकु तामाङ, उप सभातिमा लाक्पा याङ्जी शेर्पा, सचिव रुबी लामा,सह सचिव मिङ्नर शेर्पा, सांगठनिक सचिव आशा लामा, सल्लाहकार खुश्बु गुरुङ, रेखा शेर्पा मंग्राती, कोषाध्यक्षा उमा तामाङ अनि सभामा उपस्थिति २२ जनाको कार्यकारी सदस्याहरुको चयन गरी एक पूर्णाङ्क नारी शक्ति शाखा कमिटी गठन गरियो। यसरी नै बरबुङ बस्तीका सम्पूर्ण युवा अनि प्यारेन्ट्सलाई लिएर एक शाखा कमिटी गठन गरियो। उक्त शाखा कमिटीमा सभापति सन्दीप लामा, उप सभापति बुद्ध तामाङ, उप सभापति अम्बर लामा, सचिव सुमन मुखिया सह सचिव धिरेन मंग्राती, सह सचिव सुरज मंग्राती, सांगठनिक सचिव समीर तामाङ,
प्रमुख सल्लाहकार अमिर लामा, अमित छेत्री, सल्लाहकार किशान लामा, सञ्जय लामा, मिलन राई, हरिकुमार छेत्री, मनबहादुर मंग्राती, राजेन मुखिया, रोशन मुखिया लगायत सभामा उपस्थित २२ जना युवा अनि प्यारेन्ट्स लगाएर एक पूर्णाङ्क शाखा कमिटी गठन गरियो भनी सांगठनिक सचिव समीर लामाले जानकारी दिएका छन्।

About Author

Advertisement