कालेबुङ: कालेबुङ जिल्ला प्रशासनले बुधबार पहाडी जिल्ला र छिमेकी राज्य सिक्किमलाई देशको बाँकी भागसँग जोड्ने प्रमुख राजमार्ग एनएच १० लाई तीन दिनको अन्तरालपछि पुनः खोल्ने घोषणा गरेको छ। बुधबार, कालेबुङका जिल्लापाल बालसुब्रमण्यम टीले भने कि प्रशासनले राजमार्ग पुन: खोल्न विभिन्न यातायात संगठनहरूबाट अनुरोध प्राप्त गरेको थियो। लगातारको वर्षापछि लिखुभीरको सडकमा बेलाबेलामा ढुङ्गा खस्न थालेपछि उनले आइतबार एनएच १० मा आवागमन बन्द गर्ने घोषणा गरेका थिए। कालेबुङ र सिक्किम पुग्नका लागि सवारीसाधनलाई वैकल्पिक मार्गमा जान निर्देशन दिइएको छ। ‘एनएच १० मा साना सवारीसाधनहरूको आवागमनमा कुनै प्रतिबन्ध हुनेछैन। अर्को आदेश नभएसम्म दैनिक बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म बसहरू एनएच १० मार्फत जानेछन्। तर, लिखुवीर र रवि झोरामा एक लेनमा सवारी चलाउनपर्छ,’ आदेशमा भनिएको छ। सामान बोकेका गाडीहरू चित्रेबाट कालेबुङ हुँदै अलागढा, लाभा, गोरुबाथानदेखि सिलगढीसम्म र बेलुका ९ बजेदेखि बिहान ६ बजेसम्म चल्ने उल्लेख छ।