‘चुनाउको समयमा तपाईहरूको समय खर्च गर्न आएको होइन। तपाईहरूलाई स्वागत-धन्यवाद जनाउन आएकी हुँ:’ कृष्णकुमारी राई

n59552530217116490857154f80b3756c1d40be82f9b979c337d30b2f45ed28e1c045ca6ea1daf5092a33cc.jpg

नाम्ची: ‘चुनाउको समयमा तपाईहरूको समय खर्च गर्न आएको होइन। तपाईहरूलाई स्वागत-धन्यवाद जनाउन आएकी हुँ।’ उक्त कुरा एसकेएम पार्टी अध्यक्ष पीएस तामाङकी धर्मपत्नी कृष्णकुमारी राईले आज भनेकी हुन्।

उल्लेखनीय छ, एसकेएम अध्यक्ष तामाङकी धर्मपत्नी कृष्णकुमारी राई नाम्ची-सिङ्गीथाङ निर्वाचनको निम्ति एसकेएम पार्टीकी उम्वेदवार हुन्। उनले आजदेखि आफ्नो चुनाउ प्रचार-प्रसार कार्यक्रम शुरू गरेकी छिन्।

आज उनले नाम्चीका व्यापारी वर्गसँग भेटघाट गरिन्। यस भेटघाटको क्रममा सम्बोधन गर्दै उनले पाँच वर्षको अवधीमा पार्टीको प्रभारी रहेर काम गरेकोमा गणेश राईको प्रशंसा गरिन्। जनताको आशीर्वादका कारण आफु उम्मेदवार बन्न पाएकोमा खुशी प्रकट गर्दै निर्वाचित बनेर जनताको काम गर्ने उनले वचन दिइन्।

कहिले काहीँ आफुबाट अदेखा भएको हुन सक्छ, तर पार्टीले आजसम्म कसैलाई पनि अदेखा नगरेको दाबी गर्दै उनले टेबल ल्याम्पको चिन्ह सबै सिक्किमे जनताको चिन्ह रहेको उल्लेख गरिन्। एसकेएम सरकारले समावेशी राजनीति गरिरहेको छ भन्दै एसकेएमले कुनै क्षेत्र वा जनतालाई नछुट्याइ काम गरिरहेको बताइन्। पार्टीका उपलब्धीहरूमाथि प्रकाश पार्दै उनले जनताको हितलाई उच्च प्राथमिकता दिएर एसकेएम पार्टीले काम गरिरहेको बताइन्।

एसकेएम पार्टीले नारी र युवाहरूलाई सक्षम बनाउने काम गरिरहेको उल्लेख गर्दै जनतालाई सम्मानित जीवन जिउने बनाउनु एसकेएमको उदेश्य रहेको उनले बताइन्। उनले व्यपारीवर्गबाट राखिएका मागहरू पूरा गर्ने वचन पनि दिइन्।

यस अवरसमा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, एसकेएम पार्टीको नाम्ची जिल्लास्तरीय उपाध्यक्ष प्रभारी सतिशचन्द्र राई, महासचिव प्रभारी एसजे लेप्चा, पार्टीका वरिष्ठ कार्यकर्ताहरू आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement