भाजपा का दिलीप घोषविरूद्ध  प्राथमिकी दर्ता

rajexpress_2024-03_594705c2-9b1c-4983-a581-44460f2d2961_dilip_ghos.jpeg

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीका पिताको बारेमा आपत्तिनजक टिप्पणी गरेको सन्दर्भमा भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता दिलीप घोषविरूद्ध दुर्गापुरमा प्राथमिकी दर्ता गरिएको छ।

एकजना अधिकारीले बिहीवार जानकारी गराए, घोषविरूद्ध भारतीय दण्ड संहिता (आईपीसी)-का शान्ति भंग गर्ने उद्देश्यले नियोजित ढंगमा अपमान गरेको तथा कुनै महिलाको गरिमालाई अपमान गर्ने उद्देश्यले शब्द, इशारा वा कृत्यसित सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

उल्लेखनीय छ, दिलीप घोषले ममता ब्यनर्जीका पितालाई लिएर प्रश्न उठाएका थिए। चौतर्फी आलोचना भएपछि उनले आफ्नो टिप्पणीलाई लिएर गए बुधवार दुःख व्यक्त गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement