पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत बन्दखेती बुथमा नारी शक्ति शाखा कमिटि गठन

IMG-20240328-WA0279.jpg

खरसाङ: पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत बन्दखेती बुथमा नारी शक्ति शाखा कमिटि गठन गरिएको छ। अगामी लोक सभा चुनाउलाई केन्द्र गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिले सांगठनिक गतिविधिलाई तीब्र बनाएको छ। यही क्रममा पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत बन्दखेती बुथमा नारी शक्ति शाखा कमिटि गठन गरियो। बन्दखेती बुथ अन्तगर्त रहेको अस्पताल लाइन, प्लेन लाइन, गुर्दुम बस्ती साथै पाँच नम्बर गाउँका प्रतिनिधीहरूलाई लिएर शाखा कमिटि गठन गरियो।
आज सम्पन्न सभामा सभापति ममता लामा, प्रेणा राई सचिव, अलविना एक्का, सुजाना राणा उप-सभापति, दिपमाला योन्जन, सन्दीपा राई सह-सचिव अनि निलु राईलाई कोषाध्यक्ष पदमा सर्वसहमतिले चयन गरियो।
सभालाई सम्बोधन गर्दै समष्टि कार्यकारी सभासद कल्पना प्रधानले नारी शक्तिको शाखा गठनले आगामी लोक सभा चुनावमा पार्टीलाई धेरै सहयोग हुने जनाइन्। उनले पश्चिम बंगाल सरकारले नारीहरूको निम्ति धेरै योजनाहरू लागु गरेको जनाइन्। नारीहरूको निम्ति लक्ष्मी भण्डार, द्वारे सरकार, द्वारे राशन, कन्याश्री जस्ता धेरै योजनाहरू लागु गरी नारीहरूलाई सहयोग गरिरहेको जनाइन्। विगत दिनहरुमा लंगभ्यु चियाबारी बन्द अवस्थामा हुँदा बीजिपिका कुनै नेता नआएको र केवल जीटिए प्रमुख कार्यपाल अनित थापा मात्र लंगभ्युलाई दु:ख पर्दा जनताको अघि उभिएको जनाइन्। उनले यसपाली गोर्खा जातिले चामलको राजनीतिदेखि माथि उठेर सचेत भोट खसाल्ने मत राखिन्।
आज सम्पन्न सभामा भागोप्रमो केन्द्रीय समिति सदस्य साथै सन्त मेरी-३ उप-प्रधान सन्तोस लामा, समष्टि सभापति साथै सन्त मेरी -३ प्रधान मनिराज डुम्जन, लंगभ्यु संयोजक साथै समिति सदस्य मौसम लामा, पंचायत सदस्य सुब्राता लकान्द्री, दिपिका लामा, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement