दार्जिलिङ संसदीय सिटको लागि एसयुसीआई कम्युनिष्ट पार्टीबाट डाक्टर शाहरीयार आलमले पनि बुझाए नामांकन पत्र

IMG-20240328-WA0264.jpg

दार्जीलिङ: दार्जीलिङ संसदीय सिटको लागि नामांकन पत्र बुझाउने पहिलो दिन आज नामांकन पत्र बुझाउनेमा एसयुसीआई कम्युनिष्ट पार्टीको तर्फबाट पश्चिम बंगालका अध्यक्ष डाक्टर शाहरीयार आलमले पनि दार्जिलिङ संसदीय सिटको लागि नामांकन पत्र बुझाएका छन्। उनले दार्जीलिङ जिल्ला शासक कार्यालयमा पुगेर जिल्ला शासक डा प्रीति गोयललाई आफ्नो नामांकन पत्र बुझाएको जानकारी प्राप्त भएको छ। उक्त नामांकन पत्र अघि यस पार्टीका नेतृत्वहरूले दार्जिलिङको रेलवे स्टेशनदेखि जिल्लापाल कार्यालयसम्म रैली निकालेका थिए। आफ्नो नामांकन पत्र विषयमा पत्रकारहरूसित कुराकानी गर्दै एसयुसीआई कम्युनिष्टको प्रार्थी डा शाहरीयार आलमले केन्द्र अनि राज्य सरकारतो जनविरोधी नीतिको विरोधमा आफु खड़ा भएको बताएका छन्। उनले सबै विभागहरूलाई निजीकरण गरिरहेको अनि बेरोजगारी बढिरहेको विषयको उन्मूलन गर्ने आफ्नो मुद्दा रहेको पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *