महुआ मोइत्राले चिट्ठी लेखेर चुनाउ आय़ोगसित सीबीआईको शिकायत गरिन्

8fca8f241942355be2210b658caf30061711279627604860_original.jpeg

काेलकाता: घूस लिएर संसदमा प्रश्न सोधेको कारण सांसद पदबाट बर्खास्त गरिएकी तृणमूल नेता महुआ मोइत्रालाई अब सीबीआईको छापामारी मन परिरहेको छैन। नदिया जिल्लाको कृष्णानगरबाट तृणमूल कांग्रेस उम्मेदवार मोइत्राले आइतवार चुनाउ आय़ोगसित शिकायत गरेकी छन्।

उनले आरोप लगाइन्, केन्द्रिय एजेन्सीको कारबाही, उनको चुनाउ प्रचार अभियानलाई रोक्न र उनको छवि खराब गर्नको निम्ति हो।

चुनाउ आयोगलाई लेखेको चिट्ठीमा मोइत्राले भनिन्, मेरो घरमा सीबीआईलाई केही पनि हात लागेको छैन। सीबीआई खाली हात फर्केको छ। उसको उद्देश्य केवल मलाई बदनाम गर्नु हो। जब आदर्श आचार संहिता लागू छ, तब केन्द्रिय एजेन्सीहरूको कारबाहीको सम्बन्धमा तुरन्तै दिशा-निर्देश जारी हुनुपर्छ।

About Author

Advertisement