राज्यपाले दिए सिक्किमवासीहरूलाई होली पर्वको शुभकामना

photocollage_2024324211442563.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले होलीको पावन अवसरमा सिक्किमवासीहरूमा शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, रंगोत्सवको पर्वले हामीलाई एकता, भाइचारा र समरसताको भावनासॅंग जोड्छ।

सात समुद्र परसम्म यस पर्वको विस्तारले वसुधैव कुटुम्बकमलाई मूर्त रूप प्रदान गरेको छ। उनले यो होलीमा रंगहरूको चाड मनाउॅंदै आपसी सद्भावना र प्रेमको भावनालाई समाजमा अझ धेरै स्थापित गरौं भनी आह्वान गरेका छन्।

राज्यपालले सबैलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न तथा पर्यावरणको सम्मान गर्दै पर्यावरण अनुकूल रंगहरूको प्रयोग गर्न र जल संरक्षण गर्न आह्वान गरेका छन्। यस होलीको चाडले सबैको जीवनमा खुशी, समृद्धि र प्रगतिको उपहार लिएर आओस् भनी कामना पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *