आचार संहिताको उल्लंघन गर्दा केकेआर-का हर्षित राणामाथि भारी जरिमाना

IMG-20240324-WA0222.jpg

काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर)-का पेस बलर हर्षित राणालाई शनिवार ईडन गार्डन्समा सनराइजर्स हैदराबाद विरुद्ध इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४ म्याचको अवधि आचार संहिताको उल्लंघनको निम्ति शास्ती प्राप्त भयो। केकेआर-का पेस बलरले आईपीएलको आचार संहिताको अनुच्छेद २.५-को लेवल १-को दुईवटा अपराध गरे। उनीमाथि दुईवटा सम्बन्धित अपराधको निम्ति म्याच फीसको १० प्रतिशत र ५० प्रतिशत जरिमाना लगाइयो। यसरी यस पेस बलरको म्याच फीसको जम्मा ६० प्रतिशत काटियो। आईपीएलद्वारा जारी बयानमा भनिएको छ, राणाले दुवै अपराधलाई स्वीकार गरेका छन् अनि म्याच रेफरीको शास्ती पनि स्वीकार गरेका छन्। आचार संहिताको लेवल १-को उल्लंघनको निम्ति म्याच रेफरीको निर्णय अन्तिम र वाध्यकारी हुन्छ। म्याचमा राणाले सनराइजर्सका ओपनिंग ब्याटर मयंक अग्रवाललाई आउट गरेपछि जिस्काउँदै फ्लाईंग किस दिएर खिल्ली उड़ाएका थिए। उनको त्यस व्यवहारको कमेण्टेटरहरूले पनि आलोचना गरेका थिए। केकेआर-ले यस युवा पेस बलरले सनराइजर्स विरुद्ध म्याच जिताउने प्रदर्शन गर्दै म्याचको अन्तिम ओभरमा १३ रनको रक्षा गरेका थिए। उनले अन्तिम ओभरमा केवल ८ रन दिएर टीमलाई जिताएका थिए। राणाले म्याचमा २ विकेट हासिल गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *