कथाकार इम्मानुएल गिफ्टकृत चौथो कृति “आमाको झझल्को” कथा संग्रह लोकार्पित

IMG-20240324-WA0238.jpg

नाम्ची: कथाकार इम्मानुएल गिफ्टकृत “आमाको झझल्को” कथा संग्रह चौथो कृति दक्षिण सिक्किमको नाम्ची, जिल्ला, पाबोङ्गमा एक कार्यक्रमको साथमा विमोचन गरियो। उक्त पुस्तक विमोचन कार्यक्रमको शुरुवात विशिष्ट अतिथि रेभ डूएस राईको प्रार्थना अगुवाइसाथ गरियो। कार्यक्रमको अघिल्लो चरणमा सर्जक परिचय र आमाको झझल्को कृतिमाथि स्रष्टा ध्रुर्व सुब्बाद्वारा प्रकाश पारिएको थियो। मुख्य अतिथिको रुपमा आसिन वरिष्ठ साहित्यकार सुरेश ‘वियोगी’ ले आफ्नो पक्षबाट यस चौथो कृति “आमाको झझल्को”ले नेपाली साहित्याकाशमा एउटा ठूलो स्थान ओगट्न सक्षम बनेको अनुमान गरे। उनले हामीले हिज आज पुस्तक पठन गर्न छोडी सकेका र अब हामी फेरि सम्पूर्ण नागरिकले नेपाली पुस्तकलाई अध्ययन गर्न बानी बसाल्ने आह्वान् गरे। यसरी आफुलाई यस कार्यक्रममा मुख्य अतिथिको निम्तो र भार दिएकोमा आयोजक समितिलाई हार्दिक आभार व्यक्त गरे।
विशेष कथाकार इम्मानुएल गिफ्टले किन आफ्नो गाउँमा आफन्तकोबीचमा नै यो विमोचन गरेको हो? त्यस विषयमा उनले भने आजसम्म जत्ति अरु कृति निकाल्यो त्यी सबै गाउँदेखि बाहिर विमोचन गरियो तर यो आमाको झझल्को कृतिलाई आफ्नो स्वर्गीय आमालाई समर्पण र सम्झना गर्दै आफ्नो प्यारो जन्मथलोमा विमोचन गरेको बताएका छन्। यस पुस्तकको प्रकाशन रुबेन लेप्चा, तादोङ्ग, अनि आवरण, अक्षर सज्जा सन्जिव छेत्री खरसाङ रहेको र यस पुस्तक लेखनमा उत्साह दिने सम्पूर्ण आफन्त महानुभावप्रति कथाकारले धन्यवाद टक्राएका छन्। इम्मानुएल गिफ्टद्वारा रचित दुई गीत जोनाम राई र मिसाइल टार्गेनले प्रस्तुति दिएका थिए।
पुस्तक र स्रष्टा इम्मानुएल गिफ्टको साहित्य यात्राको निम्ति विशेष, प्रार्थना मोडरेटर रेभ टीटी टार्गेनद्वारा गरियो र कार्यक्रमको मुख्य भागमा मुख्य अतिथि र विशिष्ट अतिथिद्वारा बधाई अनि शुभकामना दिदैं “आमाको झझल्को” कथा संग्रहको विमोचन गरियो। स्मरण रहोस् कथाकार इम्मानुएल गिफ्टको कृतिहरूमा ‘अथाह’ कविता संग्रह (२००६), ‘आरोह-अवर‍ोह’ कथासंग्रह (२०१०), ‘आधार´कथासंग्रह (२०२०) मा प्रकाशित छन्।
सम्पूर्ण कार्यक्रमको सञ्चालन स्रष्टा सिलास राई “रंगोथाने”ले गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *