गान्तोक: एसकेएम पार्टीको झण्डा लगाउने क्रममा आज दरामदिन निर्वाचन क्षेत्र अन्तर्गत बुड़ीयाखोपमा दल बहादुर गुरुङ र कूल बहादुर गुरूङले एस डी एफ पार्टीलाई त्याग गर्दै एसकेएम पार्टीमा सामेल भएर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको झण्डा फहराएका छन्, भने सिक्ताम तिक्पुर निवासी शुक बहादुर सुब्बाले पनि एसडीएफ पार्टीलाई त्याग गर्दै एसकेएम पार्टीमा सामेल भएर पार्टीको झण्डा लगाए। सोही प्रकारले मिडल तिक्पुर निवासी पंच लेप्चा एसडीएफ पार्टीका कर्मठ कार्यकर्ता साथै ब्लक स्तरीया महासचिव थिए उनले पनि एसडीएफ पार्टीलाई त्याग गर्दै एसकेएम पार्टीको नीति र सिद्धान्तलाई मन पराएर एसकेएम पार्टीमामा सामेल भएर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको झण्डा फहराएका छन। यसै गरि दरामदिन समष्टीमा धेरै भन्दा धेरै जनताले बिपक्षी पार्टी त्याग गर्दै एसकेएम पार्टीलाई अंगालेका छन।