पाकिम: पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलको उपस्थितिमा आज आगामी चुनाउलाई मध्य नजर राख्दै इलेक्ट्रोनिक भोटिङ मशिनको पहिलो चरणको यादृच्छिकीकरण (रेन्डोमाइजेसन) सफलतापूर्वक सम्पन्न भयो।
पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको सो कार्यक्रममा वरिष्ठ पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चा, अतिरिक्त जिल्लापाल अनुपा ताम्लिङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा ईभीएमको रेन्डोमाइजेसन गर्न अघि डीईओले राजनीतिक दलका प्रतिनिधिहरूलाई यसको प्रक्रियाबारे विस्तृत जानकारी गराउँदै, प्रक्रियाको व्याख्या, निष्पक्ष र पारदर्शी ढङ्गमा चुनाउ सुनिश्चित गर्न कडारूपमा पहल गरिने आश्वासन दिए। उनले निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचन प्रक्रियाको ग्यारेन्टी गर्ने यादृच्छिक प्रक्रियाको उद्देश्यमाथि पनि प्रकाश पारे।









