नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आले लगायत चार जना रिटर्निङ अधिकारीहरूले आज नाम्ची जिल्ला अन्तर्गत पर्ने निर्वाचन क्षेत्रहरूको निम्ति इण्डिया इन्टरनेशनल इन्स्टिच्युट अफ डेमोक्रेसी एन्ड इलेक्शन म्यानेजमेन्ट (आईआईआईडीईएम) द्वारा चुनाउ अन्तर्गत भर्चुअल मोडमा मनोनयन पत्र छानबिन गर्ने प्रशिक्षण कार्यक्रममा सहभागिता जनाए। लोकसभा र विधानसभा चुनावको पहिलो चरणको लागि गइरहेको राज्यका आरओहरूको लागि सत्र आयोजना गरिएको थियो। सत्रको अवधिमा उम्मेदवारी दर्ता र छानबिन, प्रतीकको बाँडफाँड, आपराधिक घटनाहरू आदि सम्बन्धी विभिन्न जिज्ञासाहरूबारे जानकारी गराउनको निम्ति यो कार्यक्रम आयोजना गरिएको हो।