बगंला फिल्म “लुकोचोरी” प्रिमियर शोको लागि समाजसेवी बिक्रम राई काेलकत्तामा

IMG-20240323-WA0273.jpg

पहाड़को बिमारीहरूका लागि कोलकोतामा अलग्गै हेल्प डेक्स बनाउन पहल

खरसाङ: बलिउड निर्देशक शिलादित्य मौलिकको निर्देशनमा हुन गईरहेको बगंला फिल्म लुकोचोरी फिल्मको प्रिमियर शो कलकत्ताको सिनेमा घरमा एक भव्य कार्यक्रमबीच सम्पन्न भय। उक्त कार्यक्रमको निमन्त्रणामा भाग लिनु दुई दिन अघाड़ी नै सिटोङका पर्यटन व्यवसायी एंव समाजसेवी बिक्रम राई काेलकत्ता प्रस्थान भएका थिए। काेलकत्ता पुगेर राईले पहाड र आफ्नो क्षेत्रबाट काेलकत्ताको विभिन्न अस्पतालहरूमा उपचार चलिरहेको बिमारीहरू र अभिभावकहरूसित भेटघाट गरे भने पहाडबाट गएका बिमारीहरूले काेलकत्ताको सरकारी अस्पतालहरूमा भर्ना पाउनु र अन्य उपचारहरूको निम्ति धेरैभन्दा धेरै समस्याहरू भोग्न परिरहेको विषयहरूलाई लिएर पहाडको बिमारीहरूको निम्ति काेलकत्तामा पनि एउटा छुट्टै हेल्प डेक्स राखिदिने अनुरोधमा पश्चिम बगांल सरकारको मुख्य स्वास्थ्य सचिवलाई भेटघाट गरी एक ज्ञापन पत्र बुझाएका छन्।

मुख्य स्वास्थ्य सचिवले काेलकत्ताको अस्पतालहरूमा निष्क्रिय रहेको सहायता केन्द्रहरूलाई पुनः सक्रिय बनाउनतर्फ लैजानको साथै पहाडको निम्ति छुट्टै हेल्प डेक्स विषयमा पनि सोच्नै आश्वासन दिएको बिक्रम राईले जनाएका छन्। यसरी नै काेलकत्ताको सरकारी अस्पतालहरूमा पहाडको बिमारीहरूले भोगिरहेको समस्याहरूलाई लिएर जोइन सेक्रेटरी बन्शिखा देवसित भेटघाट गरी चर्चा परिचर्चा गर्दै एक ज्ञापन पत्र दिएको पनि राईले जनाए। यसरी नैलप्रिमियर शो कार्यक्रममसितै अन्य कार्यक्रमहरूतिर पनि सात दिनको काेलकत्ता भ्रमणमा रहेका बिक्रम राईले टलिवुडका सम्पूर्ण टोलीलाई बधाई दिदै यसरी आफ्नो अनुरोधमा हाम्रो क्षेत्रमा फिल्म शुटिङ गर्दै स्थानीय काेलाकारहरूलाई मौका दिएकोमा धन्यबाद दिएका छन्।

भविष्यमा पनि टलिवुड र बलिवुडमा हाम्रो क्षेत्रको अब्बल काेलाकारहरूलाई पनि मौका दिने आफ्नो अनुरोधलाई उक्त टोलीले स्वीकार गरिदिएकोमा खुशी व्यक्त गरेका छन भने अब सिटोङमा पुन:एउटा हिन्दी वेभ सिरिज जो सिमलामा सुटिङको निम्ति तयार भईरहेको वेभ सिरिज अब सिटोङको विभिन्न स्थानहरूमा गरिने पनि आजको निर्माता पार्थ पीसितको भेटघाटमा तय भएको पनि राईले जनाएका छन्। सिटोङ फिल्म प्रडक्शनले निर्माण गरेको अडियो भिडियो लोकार्पण कार्यक्रम सिलिगुडीमा ११ अप्रेलको दिन टलिवुडका एक्टर र निर्देशकहरू आफ्नो निमन्त्रणामा आईरहेको पनि राईले जनाए।

यसरी नै विभिन्न तहमा व्याक्ति विशेषहरूसित भेटघाट गरी चाढै घर फर्कने बिक्रम राईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement