मन्त्री अरूप विश्वासद्वारा आर्थिक सहयोग पनि प्रदान

IMG_20220802_224350.png

कुचबिहार: आज राज्यका विद्युत मन्त्री अरूप विश्वासले जलपेश मन्दिर गइरहेको समय जेनेटर सर्ट सर्किट हुँदा प्राण गुमाएका १० जना श्रद्धालुहरूको परिवारका सदस्यहरूसित भेट गर्नको साथै तिनीहरूलाई आर्थिक सहयोग पनि प्रदान गरे। शीतलकुची बीडीओ कार्यालय परिसरको कम्युनिटी हलमा तिनले आज प्राण गुमाएका १० जना श्रद्धालुहरूको परिवारका सदस्यहरूसित भेट गरेर प्रत्येकलाई २-२ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्दै सदैव तिनीहरूको साथमा रहने आश्वासन पनि दिए। आउँदो दिनमा यस प्रकारको दुर्घटना नहोस् भन्दै मृतकको परिवारका सदस्यहरूले प्रशासनलाई जेनेटर डीजेमाथि विशेष ध्यान दिने माग पनि गरे। स्मरण रहोस्, आइतबार अबेर राति शीतलकूची विधानसभाको विभिन्न इलाकाबाट प्रायः २५-३० जनाको एउटा टोली जलपेश मन्दिरतर्फ गइरहेको समय च्याङ्गराबन्दा धरला पुल नजिक जेनेटरबाट सर्ट सर्किट हुँदा १० जनाको मृत्यु भएको थियो भने अन्य १५ जनाभन्दा अधिक गम्भीर रूपमा घाइते भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *