ड्रुक्पा छेजी पर्व पालन

drupka-teshi-665.jpeg

मंगन: ल्हासार भ्याली (स्थानीय रूपमा जाचुको रूपमा चिनिन्छ) मा ड्रुक्पा छेजी पर्व मनाइयो। उक्त भ्याली उत्तर सिक्किम अन्तर्गत १५ हजार ५०० फीटमास्थित छ। ड्रुक्पा छेजी बौद्ध धर्मावलम्बीहरूको एउटा महान पर्व हो। यस दिन भगवान बुद्धले आफ्ना शिष्यहरूलाई महान सत्यहरूबारे पहिलोपल्ट शिक्षा दिएका थिए। ल्हासार भ्यालीमा आयोजित ड्रुक्पा छेजी समारोहको आकर्षण चौरी गाई दौड़ थियो। यो पुस्तौंदेखि चलिआएको परम्परालाई ड्रोक्पाहरूले अझै पनि बचाएर राखेका छन्। यो वर्ष चौरी गाई दौड़मा कूल छजना प्रतिभागी थिए। यसपछि, शटपुट, ढोरी तान्ने खेल जस्ता प्रतियोगिताहरू आयोजन गरियो, जसमा स्थानीय मानिसहरूले उत्साहका साथ भाग लिए।

ल्हासार भ्यालीमा ड्रुक्पा छेजी पुस्तौंदेखि मनाउॅंदै आइरहेको छ भने प्रत्येक वर्ष यहॉं जोश अनि उत्साहका साथ यो पर्व मनाउने गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement