समाजसेवी पासाङ लामाद्वारा आवश्यकमन्द परिवारलाई मदत

4a804f95-dc6a-4bfe-89e0-37267ed9427a

कालचिनी: भूतपूर्व तृणमूल नेता भएता पनि वर्तमान एकजना समाजसेवीको रुपमा आफूलाई चिनाउँदै आइरहेको पासाङ लामा पुनः जनतासित जोड़िने क्रममा विभिन्न समाजमुखी काम गर्न लागि परेको छ| मङ्गलबार यस क्रममा समाजसेवी पासाङ लामाले कालचिनी ट्रली लाईनका आवश्यकमन्द परिवारलाई प्रायः २०० वटा भन्दा अधिक प्लास्टिक सेड वितरण गरेको थियो भने यसै क्रममा तिनलाई अठियाबारी चियाबारीको बंगबारी डिभिजनमा स्वागत गर्ने क्रममा तिनले त्यहॉंका आवश्यकमन्द परिवारलाई १५ बान टिन साथै पञ्जाब कल र पाइपहरू वितरण गरेको थियो|

यस क्रममा समाजसेवी पासाङ लामाले पार्टीको आज आफू कोही नभएको तर पद आउँछ जान्छ यो पद होस् नहोस् तर आफू जनताको सेवामा पैसाले नभए पनि माया र आत्मीयता साटनु पछि कहिले नहटने जनाएका छन्| आफू झुटा मामिलामा जेल खटेर आउँदा जनताले देखाएको मायालाई कहिले भूल्न नसक्ने र यही मायाको कारणले आफूलाई जनताको काम गर्न प्रेरणा दिएकोले आफूले सकेजति सेवा पुर्‍याउने काम गरिरहेको र यसको निम्ति आफूले कुनै राजनैतिक दल रंग र भेदभाव नगरेको र अझै धेरै कामहरू गर्दै जाने बताएका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *