जयगाउँमा ४५ घर अन्य पार्टी छोड़ेर तृणमूलमा सामेल

715845b9-effd-40af-8cce-373cce13e12c

कालचिनी: जयगाउँ एक नम्बर अञ्चल तृणमूल सभापति सुभाष लामाको उपस्थितिमा मङ्गलबार तोर्षा चियाबारी क्षेत्रका प्रायः ४५ घर भाजपा र अन्य दलका समर्थकहरू तृणमूलमा सामेल भएको तृणमूल अञ्चल सभापति सुभाष लामाले जनाएका छन्| विरोधीहरूले जतिसुकै तृणमूलको विरोध गरे पनि जवताले रुचाएको जननेत्री ममता ब्यानर्जी हो र जस्तोसुकै परिस्थितिमा आफूहरू तृणमूलको सैनिक भएर काम गर्दै आइरहेको र भविष्यमा पनि गर्दै जाने र ममता ब्यानर्जीको आदर्शलाई हेरेर नै जनता तृणमूलमा सामेल भएको र आउँदो दिनमा अझै धेरै संख्यमा अन्य दलहरूबाट तृणमूलमा सामेल हुने क्रम जारी रहने सुभाष लामाले जनाएका छन्|

About Author

Advertisement