दोहोरो इन्जिनले होइन चार इन्जिनले गर्नेछौं दार्जिलिङ जिल्लाकाे बिकास: गोपाल लामा

IMG-20240322-WA0197.jpg

सिलगढी: लोकसभा चुनावलाई लिएर राज्यको राजनीति चर्किएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले प्रचारप्रसार गरिरहेका छन्। दार्जिलिङ लोकसभा क्षेत्रका तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले शुक्रबार सिलगढीको मल्लागुड़ी हनुमान मन्दिरमा पूजा गरेर चुनावी अभियान शुरु गरेका छन्। मन्दिरमा पूजा गरेपछि गोपाल लामा पदयात्रामा सहभागी भए। यस पदयात्रामा सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोष र अन्य पार्टी समर्थकहरूको उपस्थिति थियो। गोपाल लामाले सर्वसाधारणको उत्साह देख्दा खुसी लागेको बताए।

उनले भनेे “म जीतमा शतप्रतिशत विश्वस्त छु। दार्जिलिङ जिल्लालाई डबल इन्जिनले होइन, चार इन्जिनले विकास गर्नेछौं। हामी मुख्यमन्त्री ममता बनर्जीका सबै योजनाहरूका बारेमा जनताको बीचमा जाँदैछौं। हामीले लामो समयदेखि पहाड र तराईमा काम गरेका छौं। हामी ममता बनर्जीको निर्देशन अनुसार जनताका लागि काम गर्नेछौं।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *