मङ्पु: खाद्य परिशोधन उद्योगहरू अनि बागवानी विभाग, पश्चिम बङ्गालद्वारा १७ फेब्रुअरी, २०२४ देखि १९ फेब्रुअरी, २०२४ सम्म नेताजी इण्डोर स्टेडियम कोलकतामा आयोजित
हर्टी फुड फेस्ट २०२४मा यस वर्ष सिन्कोना निर्देशालयको अङ्शग्रहणले उक्त उत्सवलाई छुट्टै मार्यादा दिन सक्षम बन्यो। मङ्पु, मन्सोङ, रोँगो र लाटपञ्चरमा उत्पादित सामाग्रीहरू गुणस्तर हुनको कारण पश्चिम बङ्गाल राज्यमा नै सिन्कोना अनि अन्य औषधीय पौधाहरूका स्टलले प्रथम स्थान ओगट्न सफल भएको खुशीयालीमा निर्देशक डा. शामुएल राईज्यूको चेम्बरमा यो सम्बर्द्धना कार्यक्रम उप-निर्देशक श्रीमती पी. एल. भोटिया अनि व्यवस्थापक मुख्यालय गोपाल लामिछानेज्यूको पहलमा आयोजना गरिएको थियो। “यशसा वर्दते भवान्” अर्थात तपाईँको सफलताको निम्ति बधाईहरू भनेर शुरू गरिएको बधाई-पत्रलाई निर्देशालयका नेपाली अनुवादक दीप थापाले पठन गरेपछि प्रतिनिधिवर्गलाई उक्त सम्बर्द्ध-पत्र हस्तान्तरण गरियो।
यस कार्यक्रममा सिन्कोना निर्देशालयलाई प्रतिनिधित्व गर्दै निर्देशक डा. शामुएल राईज्युको अगुवाईमा क्रमशः डा. सान्तानु लायेक, सह-हर्टिकल्चरिस्ट, डा. एस.के. मसुदुल, कुलैनविद प्रभारी, प्रवेश खवास, शुसिल तामाङ अनि शिवकुमार राईले सिन्कोना निर्देशालयलाई प्रतिनिधित्व गरेर आफ्नो बहुमूल्य योगदान प्रदान गरे वापत सम्पूर्णलाई खदा अर्पण गरियो।
यो विजयको खुशीयाली समारोहमा डा. सान्तानु लायेक, प्रवेश खवासले क्रमशः रूपमा कोलकत्तामा भएको कार्यक्रममा देखेका र भोगेका विषयहरूलाई सभामा बताउनुभयो। आजको सभाको महत्त्वलाई प्राथमिकता दिँदै प्रतिनिधि टोली लगायत सम्पूर्ण सिन्कोनाबासीले सकरात्मक सोचले गरेको कर्मको प्रतिफललाई उप-निर्देशक, श्रीमती भोटिया अनि व्यवस्थापक श्री लामिछानेज्युले सारगर्वित सम्भाषण राखे।
कार्यक्रमको अन्तिम वक्ताको रूपमा निर्देशक महोदयले आफ्नो अनुभवलाई सभा समक्ष खूबै प्रभावी ढङ्गमा प्रस्तुत गर्दैलाई मङ्पु, मन्सोङ, रोँगो अनि लाटपञ्चर चारै युनिटका सिन्कोनाबासीलाई बधाई सन्देश दिनुभयो ।
सिन्कोना निर्देशालयमा आजको सभामा सह-कुलैनविद श्रीमती युडेन अङ्मु योञ्जन, उदभिद रोग विशेषज्ञ सुश्री देवस्मिता मुखर्जी, स्पेशल अफिसर निर्मल भुजेल, यु.डी.सी. क्रमशः श्रीमती सरिता राई, गोपाल तामाङ, श्रीमती सुरभी बराइली, एल.डी.सी. ज्योति राई, औषधीय पौधाहरू विशेषज्ञ सुश्री लह्मु शेर्पा, कार्यालय सहयोगी अभिमन्यु गुरूङ अनि विवेक तामाङ लगायत नैपुण्य प्रकाशनका नैना राई उपस्थित रहेका थिए।
सभाको अन्तमा, उदघोषक दीप थापाले उपस्थितिवर्गमा धन्यवाद चढाउँदै सभालाई समापन गरे।