असाधारण फीचर्सको साथ रियलमी नार्जो ७०-प्रो स्मार्टफोन लञ्च

IMG-20240322-WA0131.jpg

काेलकत्ता: रियलमीले भारतीय बजारमा नार्जो ७०-प्रो ५जी स्मार्टफोन १८,९९९ रुपियाँको को शुरुवाती मूल्यमा लञ्च गरेको छ। असाधारण फोटोग्राफी अनुभवको लागि स्मार्टफोनमा ५० मेगापिक्सलको Sony IMX८९० OIS क्यामेरा, ६.७ इञ्चको डिस्प्ले र ५०००mAh ब्याट्री रहेको छ, जसमा ६७W फास्ट चार्जिङ सपोर्ट छ।
यो स्मार्टफोनमा १/१.५६ इञ्च डाइमेन्सनको क्यामेरा सेन्सर छ, जुन सेगमेण्टमा सबैभन्दा ठूलो सेन्सर हो। यसबाहेक स्मार्टफोनमा एयर जेस्चर फिचर रहेको छ । यसको सहायताले प्रयोगकर्ताहरूले फोनलाई हातले नसमाती या नछोइ पनि चलाउन सक्नेछन्।
रियलमी नार्जो ७०-प्रो स्मार्टफोनको विशेषताहरूः
डिस्प्ले: Realme को यो डिभाइसमा १२०Hz रिफ्रेस रेटको साथ ६.७ इन्चको अल्ट्रा स्मूथ AMOLED डिस्प्ले छ। जसको चरम चमक २,००० nits छ।
क्यामेरा: फोटोग्राफी र भिडियो रेकर्डिङको लागि नार्जो ७०-प्रो ५जी स्मार्टफोनको पछाडिको प्यानलमा ५०MP Sony IMX८९० OIS क्यामेरा छ, जबकि सेल्फी र भिडियो कलिङको लागि, स्मार्टफोनमा १६MP क्यामेरा छ।
प्रोसेसर: स्मार्टफोनमा एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित MediaTek Dimension ७०५० प्रोसेसर हुनेछ। यो प्रोसेसर गेमिङका लागि राम्रो मानिन्छ।
ब्याट्री: कम्पनीले यस स्मार्टफोनमा ६७W चार्जिङ सपोर्ट सहितको ५०००mAh ब्याट्री उपलब्ध गराएको छ। यसलाई ०% देखि ५०% सम्म मात्र १९ मिनेटमा चार्ज गर्न सकिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *