जलपाईगढी: जलपाईगढी लोकसभा आसनका तृणमूल कङ्ग्रेस उम्मेद्वार निर्मल चन्द्र रायले आज आफ्नो नामाङ्कन पत्र बुझाए। वहाँले आज जिल्ला तृणमूल कङ्ग्रेस कार्यालयबाट समर्थकहरूको साथमा जिल्लाशासक कार्यालय पुगेर नामाङ्कन पत्र बुझाए। प्राप्त जानकारी अनुसार आज बिहान तृणमूल कङ्ग्रेस प्रार्थी निर्मल चन्द्र राय सबैभन्दा अघि गाउँमा गएर आमाको आशीर्वाद लिए। यसपछि जलपाईगढी जिल्ला तृणमूल कङ्ग्रेस पार्टी कार्यालयमा गएपछि त्यहाँबाट आफ्ना समर्थकहरूको साथमा रैलीको माध्यमद्वारा जिल्लाशासक कार्यालय पुगेर नामाङ्कन पत्र बुझाए। यस अवसरमा जिल्ला तृणमूल कङ्ग्रेसका सभानेत्री महुवा गोप, सिलगढी नगरनिगमका मेयर गौतम देव, राज्यका पछौटे वर्ग कल्याण एवम् आदिवासी विकास विभाग मन्त्री बुलू चिक बडाइक, राजगञ्जका विधायक खगेश्वर राय लगायत अन्य उपस्थित थिए।