नामाङ्कन पत्र बुझाउन आएका भाजपा प्रार्थी र तृणमूल प्रार्थी बीच सौजन्य भेटघाट

Capture4-14.png

अलिपुरद्वार: चुनाउको मिति घोषणा हुनसाथ विभिन्न राजनैतिक पार्टीहरूले आ-आफ्नो प्रार्थीको समर्थनमा चुनाउ प्रचार गरिरहेको छ। यसको साथै भिन्ना-भिन्नै ठाउँमा उम्मेद्वारहरूले आफ्नो नामाङ्कन पत्र बुझाइरहेका छन्। यसै क्रममा आज अलिपुरद्वारको डुवर्सकन्यामा नामाङ्कन पत्र बुझाउन आएका भाजपा प्रार्थी मनोज तिग्गा र तृणमूल उम्मेद्वार प्रकाश चिक बराइकले शिष्टाचारको साथमा भेटघाट गरे। यस सम्बन्धमा भाजपा प्रार्थी मनोज तिग्गाले भने, मान्छेको मान्छेसित सम्बन्ध हुनसक्छ। यसैले यो शिष्टाचार भेटघाट हो। अर्कोतिर, तृणमूल उम्मेद्वार प्रकाश चिक बराइकले भने, आफूहरू आ-आफ्नो नामाङ्कन पत्र बुझाउन आएका हौँ। हामी एउटै जिल्लाको वासिन्दा हौँ।

About Author

Advertisement