पञ्जाब किंग्सका उपकप्तान बने जितेश शर्मा

IMG-20240322-WA0000.jpg

मोहाली: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को ठीक अघि शिखर धवनको कप्तानीमा रहने पञ्जाब किंग्सले नयाँ उपकप्तानको चयन गऱ्यो। उदीयमान विकेटकीपर-ब्याटर जितेश शर्मालाई बिहीवार आईपीएल २०२४-को निम्ति टीमका उपकप्तान नियुक्त गरियो। यसअघि चेन्नई सुपर किंग्सले पनि एमएस धोनीको स्थानमा युवा रुतुराज गायकवाड़लाई टीमको नयाँ कप्तान नियुक्त गरेको छ। यसरी आईपीएल २०२४-मा ६ वटा टीम नयाँ कप्तानको साथ खेल्न ओर्लिनेछ। तीस वर्षीय जितेशलाई आईपीएल २०२२- को मेगा लिलामीमा पञ्जाब किंग्समा सामेल गरिएको थियो। जितेशले आईपीएल २०२३-मा पनि १४ वटा ईनिंग्समा १५६.०६-को स्ट्राईक रेटले ३०९ रन बनाएका थिए। जितेशले गत वर्ष हांगझोऊमा भएको एशियन गेम्सको अवधि भारतीय टीमबाट पदार्पण गर्ने मौका पाए। उनी अफगानिस्तान विरुद्ध टी२० सीरीजको अवधि पनि भारतीय टीमका हिस्सा थिए। अहिले उनी अतिरिक्त जिम्मेवारीको साथ आईपीएल २०२४-मा असल प्रदर्शन गर्न उत्साहित छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *