बन्दापानी, ढेकलापाडा, जयबीरपाडा चियाकमानको सडक बर्खे खोलाद्वारा अवरोध

Bandapani

वीरपाडा: अविरल दुइ दिनको बर्षाको कारण उक्त तीनवटा चियाबारी लगायत वरिपरिका गाउँ-बस्तीका निवासीहरूको आवतजावत गर्ने सडकनै बन्द भएको छ| भुटान राष्ट्र भएर आउने सुक्टी खोलाले विराट रूप लिएर ओरालो बग्ने क्रममा बन्दापानी, ढेकलापाडा,जयबीरपाडा क्षेत्रका निवासीलाई समस्यामा परेको छ| ती ३ वटा चियाकमानसँगै गारोचिरा खास बस्ती, कालापानी फोरेष्ट बस्ती, रइती फोरेष्ट बस्ती, नीरपानिया गाउँबाट डिमडिमा उच्च माध्यमिक विद्यालय, बीरपाडाका कलेज अनि उच्च माध्यमिक विद्यालयहरूमा आउजाउ गर्न विद्यार्थीहरूलाई धेरै असुविधाहरू भइरहेको छ|

  गाउँ-बस्ती, कमानका जनसाधारणहरू  जरूरी ठाउँहरूमा जन सकिरहेको छैन| रोगीहरूलाई आपतकालीन स्थितिमा बीरपाडा राज्य साधारण अस्पतालसम्म पुर्‍याउन बर्खे खोला बाधा बन्दछ| भरपर्दो बॉंधको सुविधा नभएकोले बर्खे खोला  कमान अनि गाउँ-बस्तीलाई चाप्दै आइरहेको तथा खोलाको चौडाइमा पनि वृद्धि भइरहेको छ| विगतमा अलिपुरद्वार क्षेत्रका सांसद जोन बारलाले बन्दापानी चियाकमानलाई गोद लिएका थिए तरै पनि यस क्षेत्रमा पानी, बॉंध अथवा पुल निर्माण गर्न असमर्थ बनेको उक्त कमानका निवासीहरू बताउँछ| अहिलेसम्म सुक्टी खोलामा डुबेर धेरै गाई-बस्तु तथा मानिसहरूको ज्यान गइसकेको जानकारीमा पाइएको छ|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *