जाम्पा आईपीएलबाट हट्दा राजस्थान रोयल्स चेपारोमा

IMG-20240321-WA0205.jpg

नयाँ दिल्ली: सीमित ओभरहरूका विशेषज्ञ मानिने अष्ट्रेलियाई लेग स्पिनर एडम जाम्पाले २२ मार्चदेखि शुरु हुने इण्डियन प्रीमियर लीग (आईपीएल) – को १७औं सीजनबाट हट्ने फसेला गरेका छन्। आईपीएलको पहिलो सीजनको च्याम्पियन राजस्थान रोयल्सले जाम्पालाई टीममा रिटेन गरेको थियो तर यसपाली उनले आउँदो सीजनमा नखेल्ने फसेला गरेका छन्। रिपोर्ट अनुसार, जाम्पाले पहिला यस सीजनमा राजस्थान रोयल्सको प्रतिनिधित्व गर्ने विचार गरेका थिए तर उनले यसपाली थकानबाट बाँच्न ब्रेक लिने विकल्प रोजेका छन्। जाम्पा आईपीएलको मिनी लिलामीमा राजस्थान रोयल्सले खरीद गरेको दुईजना स्पिनरहरूमा एक थिए। जाम्पाले यसअघि राइजिंग पुणे सुपरजाइण्ट्स (२०१६ र २०१७ सीजन) र २०२० मा रोयल च्यालेञ्जर्स बेंगलोरको प्रतिनिधित्व गरेका थिए। जाम्पालाई आईपीएल २०२३-को लिलामीमा राजस्थान रोयल्सले १.५ करोड़ रुपियाँमा खरीद गरेको थियो। उनले आईपीएल २०२३ सीजनमा ६ वटा म्याचमा ८ विकेट लिएका थिए। जाम्पा नखेल्दा राजस्थान रोयल्सलाई ठूलो धक्का लाग्ने तय छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *