सिटिजन एक्सन पार्टीको संसदीय परिषर्दको बैठक शुरू

n593666902171104140769674a0cda86c8003df0900a152cab40b10727a153fb82545ce2f6a242731243246.jpg

गान्तोक: आगामी लोकसभा र विधानसभा चुनाउको निम्ति उम्मेदवारहरूको नाम चयन गर्न सिटिजन एक्सन पार्टी, सिक्किमको संसदीय परिषदको बैठक शुरू भएको छ। बैठकपछि परिषदले उम्मेदवारहरूको नाम घोषणा गर्ने सम्भावना रहेको जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ। संसदीय परिषदका अध्यक्ष एलपी काफ्ले तथा प्रशान्त बाबु छेत्री सदस्य सचिव रहेका छन्। यसरी नै परिषदमा भरत बस्नेत, गणेश कुमार राई, दाउछो लेप्चा, बीएम रामुदामु, डीबी चौहान, लाक्पा शेर्पा, एमबी लिम्बू, बीबी चामलिङ, बिना शर्मा र कर्म दिछेन भोटिया सदस्य रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *