उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागमा विश्व कविता दिवस पालन

IMG-20240321-WA0201.jpg

सिलगडी: आज उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागमा विश्व कविता दिवस भव्यतापूर्वक पालन गरियो। विभाग अध्यक्ष डा. पुष्कर पराजुलीका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भारतीय नेपाली साहित्यका वरिष्ठ कवि भविलाल लामिछाने अनि जीत सुनार विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। विभागका  वरिष्ठ प्राध्यापक डा. घनश्याम नेपाल, प्राध्यापक डा. सञ्जय राई, उप प्राध्यापकद्वय डा. डपछिरिङ लेप्चा र डा. कृष्णमाया मगरका विशेष उपस्थितमा सो समारोह सम्पन्न भएको थियो।
शोधार्थी आशिष तामाङको स्वागत सम्बोधनबाट थालिएको उक्त कार्यक्रममा शोधार्थी विवेक सार्कीले विश्व कविता दिवसको पृष्ठभूमिबारे परिचयात्मक मन्तव्य राखेका थिए। विभागका शोधार्थी एवम् विद्यार्थीवर्गद्वारा आयोजित कवि गोष्ठी उक्त कार्यक्रमको प्रमुख आकर्षण थियो भने कविद्वय लामिछाने अनि सोनारले त्यस गोष्ठीको शोभा बढाएका थिए। शोधार्थी शर्मिला शर्मा अनि चन्द्रिका राईद्वारा कविद्वयको परिचय प्रस्तुत गरिए पश्चात् कविद्वयले आआफ्ना कविता अनि गीत वाचन गरेर कार्यक्रमलाई महिमामण्डित तुल्याए। यसै क्रममा प्राध्यापक डा सञ्जय राईले पनि कविता वाचन गरेर थप ऊर्जा दिए। कविता अनि अतिथि कविद्वयका योगदानबारे प्राध्यापक डा घनश्याम नेपालले मन्तव्य राखेका कार्यक्रममा विभाग अध्यक्ष डा. पुष्कर पराजुलीले पनि अध्यक्षीय वक्तव्य प्रस्तुत गर्ने क्रममा आफ्ना कविता अनि गीत वाचन गरे।

विश्व कविता दिवसको यस अवसरलाई सार्थक तुल्याउन शोधार्थी ज्ञानेन्द्र ठकुरी, विवेक सार्की, शोधार्थी धनञ्जय मल्लिक (हिन्दी विभाग) तथा स्नातकोत्तर तहका विद्यार्थी सागर थापा, नारायण काफ्ले, भावना भट्टाराई, प्रशंसा तामाङ, साहिल गुरुङ, समीर सुब्बा, शीतल थापा अनि सागर परियारले कवि गोष्ठीमा सहभागिता जनाएका थिए। शोधार्थी शिवम् शर्माद्वारा सञ्चालित उक्त कार्यक्रममा शोधार्थी हेमलाल शर्माद्वारा धन्यवाद ज्ञापन गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *