गान्तोक जिल्लाको निम्ति तीन जना व्यय पर्यवेक्षकले गरे बैठक

IMG-20240321-WA0208.jpg

गान्तोक: गान्तोक जिल्लाको निम्ति व्यय पर्यवेक्षककोरूपमा एस. सुन्दरेसम, जे. प्रेमानन्द र प्रसुन काब्रा हिजो नै गान्तोक आइपगेका छन्।

हिजो गान्तोक आइपुगेका तीन व्यय पर्यवेक्षकले आज गान्तोक जिल्लामा आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै सेक्टर मेजिस्ट्रेट, सह व्यय पर्यवेक्षक, भिडियो सर्विलेन्स टीम, स्टेटिक सर्विलेन्स टीम, फ्लाइङ स्क्वाड टीम, एकाउन्टिङ टीम र सेक्टर पुलिसलाई लिएर बुर्तुकस्थित डाइट कलेलमा एक बैठक आयोजना गरे।

बैठकमा अन्तरक्रिया गर्ने क्रममा व्यय पर्यवेक्षकहरूले चुनाउको तयारीबारे मूल्याङ्कन गर्नका साथै सजग र सबै निर्वाचन क्षेत्रहरूमा आचार संहिताको पालना गर्दै लगनशील भएर कर्तव्य पालना गर्नुपर्ने विषयमा जोड दिएका थिए।

उनीहरुले चुनाउको तयारीको मूल्याङ्कन गर्न आ-आफ्नो तोकिएको निर्वाचन क्षेत्रमा व्यक्तिगत रुपमा भ्रमण गर्ने र यस वर्षको चुनाउलाई स्वतन्त्र र निष्पक्ष बनाउन सबै पदाधिकारीहरुलाई सहयोग गर्न अनुरोध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement